काठमाडौं । शेयर बजारमा आज भारी अंकको गिरावट आएको छ। नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ को विन्दुमा बन्द भएको छ।
आज ३०४ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ । आज १५ कम्पनीको मूल्य बढेको छ भने २२७ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जोशी हाइड्रोका लगानीकर्ताले ८ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् । कुमारी सबल योजनाका इकाईधनीले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ सन्जाल