काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले क्रिकेट लिजेन्ड ब्रायन लाराको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ ।
याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डिपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
क्यानका सचिव तथा डिपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का, नेपालमा डिपल मालिक विष्णुकुमार अग्रवाल लगायतको उपस्थितिमा लाराले डिपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका थिए ।
लाराले क्रिकेट होस्ट एन्ड्रयु लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथा साझा गरेका थिए ।
कार्यक्रममा सहभागी एनपीएलका क्रिकेटर लगायत सहभागीले ब्रायन लारासँग उनको विरासत र क्रिकेट करियरका बारेमा कुराकानी गरेका थिए ।
नेपालमा बढिरहेको क्रिकेट उत्साहलाई मनाउन र जारी एनपीएलको प्रवर्द्धन गर्न उपस्थित लाराको सम्मानमा कार्यक्रम आयोजना गरिएको हो ।
अर्थ सन्जाल