सुदूरपश्चिमले कर्णालीलाई हराएसँगै प्लेअफ समिकरण पूरा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को लिगचरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ वकेटले पराजत गर्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर लिगचरण टुंग्याएको छ।

हारका बाबजुत कर्णाली भने नेटरनरेटमा काठमान्डु गुर्खाजलाई पछि पार्दै प्लेअफमा स्थान बनाउन सफल भयो। योसँगै प्लेअफ समीकरण पूरा भएको छ। अब प्रतियोगिताको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दा इलिमिनेटर चरणमा कर्णाली याक्स र चितवन राइनोज खेल्ने छन्।

इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित टोलीसँग दोस्रो क्वालिफायर खेल्ने पाउने छ। क्वालिफाइर विजेता टोली फाइनल पुग्ने छ। लिग चरणको अन्तिम खेलमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। यो सुदूरपश्चिमको लिगमा छैटौं जित हो। लिगमा सुदूरपश्चिमले चितवन राइनोजसँग एकमात्र खेलमा हार भोग्यो।

सुदूरपश्चिमको छैटौं जितमा दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाउँदा इशान पान्डेले ३८ रनको नटआउट इनिङ खेले। त्यस्तै साइफ जाइबले ११ रन बनाएका थिए। कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १-१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *