काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई साे दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।
Artha Sanjal
अर्थ सन्जाल