काठमाडाैं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.७० अंक बढेर बन्द भएको छ। सेसनमा १.७० अंक बढेर २६८३.९९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४४ स्टकको ६६ पटकको कारोबारमा १९ लाख ५६८ रुपैयाँ ६० पैसाबराबरको २ हजार ७१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल