काठमाडौं । आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको थियो ।
Artha Sanjal
अर्थ सन्जाल