काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले नवौं वार्षिक साधरणसभा पुस २६ गते गर्ने भएको छ ।
सभा लिसारा रिसेप्सन भगवतीबहाल नक्सालमा बिहानको १० बजेदेखि सुरु हुने छ । सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले संस्थापक समूहका ४ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल