काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायान्सलाई पाँच रनले पराजित गरेकाे छ । जितसँगै कर्णालीकाे प्लेअफकाे सम्भावना बलियाे बनेकाे छ ।
कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र जोड्यो ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा २१ बलमा २ छक्काको सहयोगमा २४ रन जोडे ।
ओपनर आशुतोष घिरैयाले २१ बलमा १६ रन जोडे । घिरैया जिशान मक्शुदको बलमा बोसिस्टोबाट समातिए । अर्का ओपनर अर्जुन साउद कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिए । कप्तान रोहित पौडेल १० रन बनाउँदै जिशान मक्शुदको एलबिडब्लु धरापमा परे ।
अन्तिम ओभरमा जितका लागि ९ रनको आवश्यकता भएकोमा कर्णालीका नन्दन यादवले ३ रन मात्र खर्चिएर टिमलाई प्लेअफ नजिक पुर्याए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनको सामान्य योगफल तयार गरेको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए ।
ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । ओपनर बाबर तिलक राज भन्डारीको बलमा साद विन जाफरबाट समातिए । अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन जोड्दै तिलकराज भन्डारीको बलमा नै आउट भए ।
गुलसन झा ८ रन जोड्दै लुम्बिनीका कप्तान गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकास आग्रीबाट आउट भए ।
लुम्बिनीका लागि यसै खेलबाट एनपिएल डेब्यु गरेका विकास आग्रीले अन्तिम ओभरमा ३ विकेट लिए । तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए ।
कर्णाली ६ खेलमा ८ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
अर्थ सन्जाल