काठमाडौं। अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । जसका कारण नेपाली मुद्रा इतिहासमै कमजोर अवस्थामा छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर २८ गते शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ०८ पैसा कायम भएको छ भने खरिददर १३५ रुपैयाँ ४८ पैसा छ । यो अहिलेसम्मकै उच्च हो ।
आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ४३ पैसा र खरिद दर १७२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८० पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ९६ रुपैयाँ २० पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल