बीमा प्राधिकरणका अध्यक्षको जिम्मेवारी मदन दाहाललाई, अर्को व्यवस्था नभएसम्म

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको छ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम, दाहाललाई सञ्चालक समितिको दोस्रो वरियतामा रहेका कारण बीमा प्राधिकरणको अध्यक्षको रूपमा तोकिएको हो।

यसअघि, बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *