काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब माघ १५ गतेदेखि ८ घण्टा मात्र बन्द हुने भएको छ।
विमानस्थलमा चलिरहेको विभिन्न पूर्वाधार निर्माणका कारण २३ कात्तिकदेखि विमानस्थल १० घण्टा बन्द हुँदै आएको थियो, तर अबदेखि नयाँ तालिका अनुसार दैनिक ८ घण्टा मात्र बन्द हुनेछ।
वर्तमानमा, विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ । तर आगामी माघ १५ देखि उक्त समयतालिका परिवर्तन हुनेछ। नयाँ समयअनुसार विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुनेछ।
Artha Sanjal
अर्थ सन्जाल