काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेकाे छ । आज सेयर बजार नेप्से परिसूचक ३३.४२ अंकले घटेर २,६८२.२९ को विन्दुमा कायम भएको छ ।
आज ३०४ कम्पनीको ६ अर्ब १४ करोड माथिको सेयर कारोबार भएको छ । आज ४० कम्पनीको मूल्य बढेको छ २०४ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको १५ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.५५ प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.५४ प्रतिशतका दरले कमाएका हुन् । राबीबी म्युचुअल फन्ड २ का इकाइधनीले ७.२४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ सन्जाल