काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७५/७६ सम्मको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र काठमाण्डौको बाघदरबारमा रहेको जेडिए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।
उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल