![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/03/NIFRA.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हाे ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर २७ गते) बाट ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।
सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल