काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले अन्य विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।
बैंकले बिक्रीमा राखिएको सेयर संख्या र सोको मूल्य लगायतको जानकारी भने खुलाएको छैन। यद्यपि बिक्री गर्ने संस्थापकको नाम, सेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न भनिएको छ।
यो सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो सेयर सर्वसाधारणमा बिक्री प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
Artha Sanjal
अर्थ सन्जाल