काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरता र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताएका छन् ।
तेह्रथुमको आठराई–४ स्थित प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको अप्ठ्यारो परिस्थिति बुझेर नै कांग्रेस–एमाले मिलेको बताएका हुन् ।
उनले कार्यकममा भने, – ‘म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसक्यो। अघिल्लो कार्यकालमा म प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठ्ण्यारो स्थितिमा पुगेको थियो । देशको अप्ठेरो बुझेर कांग्रेस र एमाले मिलेर सरकार बनाएका हौं, स्थितरता र सुशासन दिन मिलेका छौं।’
Artha Sanjal
अर्थ सन्जाल