काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बल लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको बोनश शेयरमूल्य सूचीकृत भएका छन्।
बुधबार स्वावलम्बल लघुवित्त १४.२५ प्रतिशत बोनश शेयरका दरले २० लाख ६६ हजार २५० वटा कित्ता शेयर सूचीकृत भएका छन्।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३ प्रतिशत बोनश शेयरका दरले हुन आउँने ११ हजार २० लाख ७७८ कित्ता र गुराँस लघुवित्तको १४.२५ प्रतिशतका दरले एक लाख ४४ हजार ४९५ कित्ता शेयर सूचीकृत भएका छन्।
बुधबार सूचीकृत उक्त शेयर भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल