काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको मंसिर २६ गते अर्थात आज बसेको ४५औं बैठकको निर्णयले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
विगत तीन दशक भन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका गौतमले त्रिभुवन विश्व विद्यालयबाट (एमबिए) सम्मको अध्ययन पुरा गरेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल