काठमाडौं । गीता जयन्तीका अवसरमा श्रीमद्भगवद्गीताको १८ अध्यायको पाठ र श्रीमद्भगवद्गीताको नेपाली अनुवादित प्रसिद्ध ग्रन्थ साधक सञ्जीवनी र जीवन सञ्जीवनीका विमोचन गरिएकाे छ । गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तत्वावधान तथा गीता परिवार नेपालको व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराज, वृन्दावन निवासी स्वामी श्री नवलरामजी महाराज, पशुपतिनाथका मूल भट्ट श्री गणेश रावल भट्टज्यू र डा. श्री गोविन्द टण्डनको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गीता प्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाले गरेका हुन् । उनले गीता प्रेस नेपालद्वारा प्रकाशित ५५ भन्दा बढी पुस्तकहरूको नेपाली भाषामा अनुवाद गरेको जानकारी दिए । कार्यक्रममा गणेश रावलले सम्पूर्णमा आशिर्वाद प्रदान गरेका थिए भने डा. गोविन्द टण्डनले सुभकामना मन्तव्य राखेका थिए । स्वामी श्री नवलरामजी महाराज र परमहंस परिव्राजकाचार्य स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना र मार्गदर्शन प्रदान गरे ।
यसमा १८ पुराणहरूको अनुवाद कार्य अन्तर्गत श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुराण, श्री विष्णुपुराण र श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेका छन् र मत्स्यमहापुराण, लिङ्गपुराण लगायतका अन्य पुस्तकहरू अनुवादित हुँदैछन् ।
समारोहको संचालन डा.वासुदेवकृष्ण शास्त्रीले गरेका थिए । कार्यक्रम संयोजक अनिल केडियाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा विभिन्न धर्म संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ, संस्था, संस्कृत विद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लव्ध प्रतिष्ठित महानुभावहरु, विद्वतवर्ग, गुरु, विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्यसतै, कार्यक्रममा विभिन्न धर्म, संस्कृति र समाजका प्रतिष्ठित व्यक्ति, विद्वान, गुरु र विद्यार्थीहरूको समेत उल्लेख्य उपस्थिति थियो ।
अर्थ सन्जाल