काठमाडौं । सीइओ अशोक राणाले नेतृत्व गरेको हिमालयन बैंकका संस्थापक सेयरधनी आफ्नो स्वामित्वमा रहेको शेयर बेच्दै बाहिरिन थालेका छन् । यो क्रम दिनप्रतिदिन बढिरहेको छ।
आज मात्रै बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वना रहेको ४ लाख ८ हजार ५६२ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद गर्नका लागि बिक्री खुल्ला गरेकोमा आवेदन नपरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले पनि किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
यसमा सेयर खरिद गर्न इच्छुकले आज मंसिर २६ गतेदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
यस सेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल