काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ३२ लाख ९० हजार ३१७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
दिइएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल