काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पुस १६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा मानसरोबार पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।







