काठमाडौं । यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ ।
बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाडौंका हिजो आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए ।
शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो ।
विजेता: बिकाश रंजितकार, द व्हील्स प्रा.लि., सल्लाहघारी
पहिलो रनर-अप: कुश्मा देवकोटा, एमएडब्लू प्रा.लि , बल्खु
दोस्रो रनर-अप: सुमित महर्जन, गोर्खा मनकामना अटो इन्टरप्राइज, रातोपुल
अर्थ सन्जाल