समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न

काठमाडाैं। समृद्धि फाइनान्सले मंसिर २५ गते संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीसडक कार्यालयद्धारा एकदिने निःशुल्क आँखा परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । “Better Vision for better you” भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रम पुतलीसडकको शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न भएको हो ।

काठमान्डौ महानगरपालिका वडा २८ को सहकार्य र नेपाल आखाँ अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा विशेषज्ञ डाक्टरले सेवाप्रदान गरेका थिए । सो कार्यक्रममा आँखा परीक्षणमा ३८१ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिनुको साथै १०० जनालाई नि शूल्क चश्मा र आवश्यकता अनूसार औषधि वितरण भएको जानकारी फाइनान्सले गराएको छ जसमध्य १४ जनाको मोतियविन्दु पहिचान गरिएको छ । फाइनान्सको जानकारी अनुसार मोतियविन्दु पहिचान भएका सेवाग्राहीको नि शूल्क शल्यक्रिया हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *