काठमाडाैं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा मंसिर २४ गते सम्पन्न भएको हाे ।
सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०८०/०८१ को नाफाबाट सेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहसहितको वित्तीय विवरणहरु पारित गरेको छ ।
सभाले ७ लाख ६५ हजार ३७७ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायवाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमवाट सेयर जारी गर्नका लागि प्रकृया अगाडि बढाउने निर्णय समेत गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल