१२ घण्टा एनएमबि बैंकको सेवा अवरुद्ध हुने

काठमाडौं। एनएमबि बैंकको सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले सेृवा अवरुद्ध हुने जनाएको हो ।

बैंकको सेवा मंसिर २८ गते शुक्रबार राति साढे १० बजेदेखि मंसिर २९ गते शनिबार बिहान साढे १० बजेसम्म अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

उक्त समयमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस तथा कल सेन्टर सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *