काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा एभरेष्ट बैंक लि., नेपाल एस.बि.आइ बैंक लि. र सानिमा बैँक लि. सहित ४ बैँकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।
मंसिर २४ गते सोमबार दिन प्रवर्द्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजनामा सिटिजन्स बैंकको अगुवाईमा एभरेष्ट , नेपाल एसबीआइ र सानिमा बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ । परियोजनाको अनुमानित लागत करीब ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् ।
यसमध्ये सिटिजन्स बैंकले २ अर्ब ९० करोड, एभरेष्ट बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआइ बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड लगानी गर्नेछन् भने २५५ स्वपुँजी प्रवद्धकहरुबाट जुटाइने छ ।
परियोजना आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेसनमा जोडिने छ ।
कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी वार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
अर्थ सन्जाल