सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं। सानिमा माइ हाइड्रोपावरले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

सोमबार दिउँसो बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले पुस ९ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ ।

पुस ८ गतेसम्म सेयर खरिद वा होल्ड गरेकाले लाभांश पाउने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *