काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।
खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काएका हुन् । लुम्बिनीका लागि रोहितले ८० रनको अर्धशतकीय पारी खेले । उनले बलमा ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।
यस्तै विनले ५२ रनको अर्धशतकीय पारी खेले । त्यसअघि अर्जुन साउद १५ रनमा आउट हुँदा टोम मोरिसले १० रन बनाए । पाँचौँ विकेटका लागि कप्तान रोहित साद विन जफरले ११४ रनको सानदा साझेदारी गरे ।
चितवनका लागि बलिङतर्फ रिजन ढकाल तीन, कुशल मल्ल र रञ्जित कुमारले समान १/१ विकेट लिए ।
Artha Sanjal
अर्थ सन्जाल