काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरंकुश र अमानवीय व्यवहार गरेको बताएका छन् ।
प्रचण्डले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’
गत बुधबार लामिछानेलाई चितवनबाट रातारात पोखरा पुर्याएर मानवअधिकार उल्लंघन गरिएको भन्दै पछिल्लो समय सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल