गणपति लघुवित्त ९औं वर्षमा प्रवेश, बृद्धाश्रममा सहयोग हस्तान्तरण

काठमाडाैं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।

८औं वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछानेमार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरे ।

वित्तीय संस्थाले विगत लामो समयदेखि यसै बृद्धाश्रममा आफ्नो बार्षिकोत्सव मनाउँदै आएको छ ।

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३३ हजार ८३३ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *