नेप्से साताको कारोबारको पहिलो दिन दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा पुगेको हो । आज १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेका अनुसार आज युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ भने कारोबारको आधारमा सबैभन्दा अगाडी सुर्य लाइफ इन्स्योरेन्स कम्पनी छ । जुन कम्पनीको आज ९ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।