काठमाडौं । हिमालयन डिस्टिलरीले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल