काठमाडौं। साताको पहिलो काराेबार दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा बन्द भएको छ।
आज ७ अर्ब ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। १३ उपसमूहमै राताे पाेतिएकाे छ । आज बजारमा २७ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ भने २१४ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ। यो दिन ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
आज एनआरएनको उच्च कारोबार भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। आज खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।
आज ४ कम्पनीको शेयरभाउमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपाल र जोशी हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले घटेको छ। त्यस्तै, सामुदायिक लघुवित्तको शेयरभाउ ९.९७ प्रतिशतले घटेको छ।
अर्थ सन्जाल