आमसर्वसाधारणका लागि ५० अर्बको आईपिओ आउँदै, कुनको कति आउँदैछ ?

काठमाडौं। आमसर्वसाधारणका लागि ५० अर्बको आईपिओ आउने  भएको छ । सेबोनले नयाँ अध्यक्ष पाएसँगै  (आईपिओ) आउने बाटो खुल्ने भएको हाे ।

बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि सर्वसाधारणका लागि आईपिओ जारी गर्न अनुमति माग्दै बोर्ड पुगेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । बोर्डले सबै आवेदकको अनुमतिका लागि प्रक्रिया जारी रहेको जनाएको छ ।

यसबाहेक छ कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपिओ) का लागि पनि आवेदन दिएका छन् । बोर्डका अनुसार सबै गरी करिब ४९ अर्ब ४८ करोड ३० लाख रुपियाँ बराबरको ३४ करोड १० लाख एक हजार ८० कित्ता सेयर आइपिओका लागि बोर्डको प्रक्रियामा छन् ।

सबैभन्दा धेरै ४० वटा जलविद्युत् आयोजनाले कुल १६ अर्ब ४१ करोड ३० लाख रुपियाँ बराबरका १६ करोड ३६ लाख पाँच हजार ४६४ कित्ता बराबर आइपिओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार होटेल तथा पर्यटन क्षेत्रका सात वटा कम्पनीले तीन अर्ब ३१ करोड १० लाख रुपियाँ बराबरको तीन करोड ५३ लाख ६० हजार कित्ता आईपिओ जारी गर्न निवेदन दिएका छन् ।

लगानी समूह अन्तर्गत तीन वटा कम्पनीले दुई अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपियाँ बराबरको एक करोड ५६ लाख ७३ हजार पाँच सय कित्ता आईपिओ जारी गर्नका लागि आवेदन दिएका छन् । उत्पादन तथा प्रशोधनतर्फ १५ वटा कम्पनीले २२ अर्ब ६८ करोड ४७ लाख रुपियाँ बराबरको आइपिओ जारी गर्नका लागि आवेदन दिएका छन् । जलविद्युत्तर्पmका सानिमा हाइड्रोपावर लिमिटेड, हिमस्टार ऊर्जा कम्पनी लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, दरमखोला हाइड्रो इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, बेनी हाइड्रोपावर लिमिटेडलगायतका कम्पनीको आईपिओ निष्कासन पाइपलाइनमा छन् ।

त्यस्तै यमलिङ हाइड्रोपावर लिमिटेड, मबिलुङ हाइड्रोपावर लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेड, विकास हाइड्रोपावर कम्पनी, कालिञ्चोक हाइड्रोपावर लिमिटेडलगायतका कम्पनीको आइपिओ पाइपलाइनमा रहेका छन् । होटेल तथा पर्यटन समूह अन्तर्गत सात कम्पनीको आइपिओ पाइपलाइनमा छन् । यो समूहमा एपेक्स हस्पिटालिटी लिमिटेड, होटेल फरेस्ट इन लिमिटेड, अर्केड होल्डिङ्स लिमिटेड, अन्नपूर्ण केबुलकार, बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेड, अकामा होटेल लिमिटेड, ठमेल प्लाजा होटेल एन्ड स्विट्स लिमिटेड आइपिओ निष्कासनका लागि पाइपलाइनमा छन् ।

लगानी समूहतर्फ वरुण इन्भेस्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड र शिवम् होल्डिङ्स लिमिटेडले आइपिओ ल्याउँदै छन् । उत्पादन तथा प्रशोधन समूहतर्फ १५ कम्पनीको आइपिओ पाइपलाइनमा छन् । एकोर्ड फर्मास्युटिकल्स लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, सूर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, मारुती सिमेन्ट्स लिमिटेड, स्मार्ट डोर्स लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडलगायत कम्पनीका आइपिओ आउँदै छन् । त्यस्तै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड, श्री डिस्टिलरी लिमिटेड, सोपान फर्मास्युटिकल्स लिमिटेड, भूगर्भ सिमेन्ट लिमिटेड, रिद्धिसिद्धि सिमेन्ट लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र अम्बे स्टिल्स लिमिटेडले आइपिओ ल्याउने तयारी गरिहेका छन् ।

लघुवित्त समूहतर्फ स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ निष्कासनका लागि बोर्डमा विचाराधीन छ । त्यस्तै लघुबिमा ९माइक्रो इन्स्योरेन्स० तर्फ क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपिओ जारी गर्न बोर्डसमक्ष निवेदन दिएका छन् ।

अन्य समूहका १० कम्पनी आइपिओ पाइपलाइनमा छन् । ट्रेड टावर लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड, डिस मिडिया नेटवर्क लिमिटेड, आइएमई लिमिटेड, हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी सर्जरी (हेम्स हस्पिटल) लिमिटेड, पिअर इनर्जी लिमिटेड, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, कैलाश हेलिकप्टर सर्भिस लिमिटेड, छायादेवी कम्प्लेक्स लिमिटेड र बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिजले आइपिओ ल्याउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *