काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएपछि लुम्बिनीले १३७ रनको विजयी लक्ष्य पाएको हो ।
जनकपुरका लागि कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रनको योग्दान दिए । यस्तै अर्का ओपनर आशिफ शेख १६ रनमा आउट हुँदा लाहिरु मिलन्था २४ रन बनाए । शुभ कंसाकारले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए ।
यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।
सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।
Artha Sanjal
अर्थ सन्जाल