माथिल्लो मैलुङ खोलाको साधारणसभा पुस २५ गते, शेयरधनीको हात रित्तै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको एघारौं साधारणसभा पुस २५ गते बिहीबार बस्दैछ। सभा काठमाडौंको सुकेधारास्थित सेलीब्रेसन हाईट्समा बिहान ११ बजेदेखि शुरू हुनेछ। तर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

सभमा अन्य उपयुक्त कम्पनीसँग मर्जर र सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्तावका साथै  गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ११ गतेसम्म कायम शेयरधनी कम्पनीको सभामा भाग लिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *