काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विद्युतीय गाडी नामी र सेरेसको नयाँ शोरुम उद्घाटन गरेका छन् ।
नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले वीरगञ्जमा नारायणी अटोकर्पसँगको साझेदारीमा सञ्चालन गरेको नयाँ शोरुम हिजो बुधबार मन्त्री गुप्ताले उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा गुप्ताले नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्ल्यू वृद्धिको प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
गुप्ताले ‘नेपालको प्रमुख व्यापारिक सहरहरूमध्येको एक हो वीरगञ्ज । यहाँ यस प्रकारका प्रतिष्ठित कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्नु समग्र वीरगञ्जवासीका लागि खुसी र गौरवको कुरा रहेको बताए,’ । यी र यस्ता प्रतिष्ठित अनि ठूला कम्पनीहरू वीरगञ्जमा अझै आउनुपर्छ र व्यापारिक गतिविधिहरू व्यापक बन्नुपर्ने बताए ।
वीरगञ्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्ने एमएडब्ल्यू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसालले बताए । ग्राहकको अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार रहेको उनको भनाइ छ ।
वीरगञ्ज शोरुमको उद्घाटनसँगै एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको दाबी भुसालले गरेका छन् । कार्यक्रममा एमएडब्ल्यू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाज लगायतका विशिष्ट अतिथीहरूको उपस्थितिमा रहेको थियो ।
टेस्ट ड्राइभ क्याम्प सञ्चालनशोरुम उदघाटनको अवसरमा वीरगञ्जमा अहिलेसम्मकै ठूलो ‘एक्सचेञ्ज र टेस्ट ड्राइभ क्याम्प’ पनि सञ्चालन गरेको नारायणी अटोकर्पले जनाएको छ । यही मंसिर गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
अर्थ सन्जाल