तारागाँउ रिजेन्सी होटल्सको लाभांश घोषणा

काठमाडाैं । तारागाँउ रिजेन्सी होटलले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कर बाहेक ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्। कम्पनीले पुस २५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *