काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्सले बिराटनगर किंग्सलाई जितका लागि १ सय ९२ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
यो जारी लिगकै सर्वाधिक उच्च लक्ष्य हो। यसअघि सुदुरपश्चिम रोयल्सले विराटनगरलाईनै १ सय ८२ रनको लक्ष्य दिएको थियो।
जुन उच्च लक्ष्यका रुपमा रहेको थियो। जसलाइ लुम्बिनीले तोडेको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेले सर्वाधिक २९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रन बनाए। त्यस्तै टोम मोरेसले १७ बलमा ३० रन बनाउँदा बिबेक यादवले ७ बलमा १९ रनको विष्फोटक इनिङ खेले।
त्यस्तै साद बिन जाफरले १५ रन बनाउँदा अतिरिक्त रनका रुपमा २८ रन पाएको थियो। त्यसअघि ओपनर आसुतोष घिरैयाले १५ र अर्जुन साउदले १७ रन बनाएका थिए।
विराटनगरका लागि सन्दीप लामिछानेऽ इस्मत अलाम र राजेश पुलामीले १-१ विकेट लिए। उसका ४ खेलाडी रनआउट भएका थिए।
अर्थ सन्जाल