काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भारतीय स्टेट बैंकसँगको सेवा सम्झौता बमोजिम एसबीआईबाट नेपाल एसबिआई बैंकमा खटिई आएका बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ दीपककुमार देका स्थानमा तिवारीलाई नियुक्त गर्ने निर्णय भएको जनाएको छ । तिवारीले आगामी माघ २ गतेदेखि सीईओको जिम्मेवारी सम्लाल्ने छन् ।
Artha Sanjal
अर्थ सन्जाल