काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूकाे नाममा रहेका २२ लाख ४३ हजार ७ कित्ता शेयर बिक्रीमा राखेकाे हाे।
यो शेयर इच्छुक व्यक्तिहरू र संस्थाहरूले बोलपत्र पेस गरेर शेयर खरिद गर्न सक्नेछन्। बोलपत्र पुस ३ गतेसम्म काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीले बोलपत्र पेस गर्दा न्यूनतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण शेयर खरिदका लागि बोलपत्र पेस गर्न सकिनेछ।
Artha Sanjal
अर्थ सन्जाल