काठमाडाैं। श्री इन्भेष्टेमन्ट एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। फाइनान्सले हालको चुक्ता पूँजीको १.९६४१ प्रतिशतका दरले लाभांश वितरण गर्ने योजना बनाएको हो। यसमा १.८६५९ प्रतिशत बोनस शेयर र ०.०९८२ प्रतिशत नगद लाभांश समावेश रहेको छ।
सो निर्णय फाइनान्सको सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकमा गरिएको हो। यस लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी वार्षिक साधारण सभामा पारित हुने छ, र त्यसपछि शेयरधनीलाई लाभांश वितरण गरिनेछ।
Artha Sanjal
अर्थ सन्जाल