काठमाडौं । बीबीसीले सन् २०२४ को लागि विश्वभरका सय जना प्रेरक र प्रतिभाशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालकी शिलशिला आचार्य पनि परेकी छिन् । आचार्यलाई सस्टेनेबिलिटी आन्त्रप्रेनरको सूचीमा सूचीकृत गरिएको छ ।
आचार्यले नेपालमा सबैभन्दा ठुलो प्लाष्टिक रिसाइक्लिङ नेटवर्क चलाउँछिन् । उनको फोहोर व्यवस्थापन कम्पनी अभ्नी भेञ्चरमा सीमान्तकृत समुदायका मानिसहरूलाई रोजगारी दिइरहेको छ । महिलाहरूलाई यो क्षेत्रमा ल्याउनमा उनले जोड दिँदै आएकी छिन् ।
शिलशिलाले सन् २०१४ मा ’धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियानमा पनि अग्रणी भूमिका निर्वाह गरेकी थिइन् । यो अभियानपछि दोकानहरूमा प्लाष्टिकका झोलालाई बन्देज गरिएको थियो ।
यस वर्षको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता विद्वान नादिया मुराद, बलात्कार पीडित र अभियानकर्ता गिसेल पेलिकाउट, अभिनेत्री शेरोन स्टोन, ओलम्पियन एथलीट रेबेका एन्ड्रेड र एलिसन फेलिक्स, गायक राई, दृश्य कलाकार ट्रेसी एमिन, जलवायु अभियानकर्ता अडेनिके ओलादुसु र लेखक क्रिस्टिना रिवेरा गार्जा पनि परेका छन् ।
अर्थ सन्जाल