चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । रवि बोपाराको अर्धशतकप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६१ रनको योगफल खडा गर्‍यो ।

चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गर्दै ५१ रन जोडे । कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६, हसन इसाखिलले १४, अमर रौतेलाले १३ र शरद भेष्वाकरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पोखराका लागि रेमन रेफर, विपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकालले १ विकेट लिए।

टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *