काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी यस दिन प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल