नेपाल प्रिमियर लिग: कर्णालीले गुमनयाे ४ विकेट

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी कर्णाली याक्स र जनकपुरबिचको खेलमा जनकपुर पूर्ण रुपमा हावि भएको छ। ७.४ ओभरको समाप्तीमा कर्णालीले ३५ रन बनाउँदा आफ्ना महत्वपूर्ण सुरुवाती ४ ब्याटरलाइ गुमाएको छ।

आफ्ना स्टार ब्याटर शिखर धवनलाई १४ रनमा गुमाएको कर्णालीले ओपनर देव खनाललाई १ रनमा गुमाएको थियो। त्यसपछि चाडविक वाल्टनलाई ८ रनमा गुमाउन पुग्दा चौथो विकेटका रुपमा जेसन मक्सुदलाई पनि शुन्य रनमा गुमाएको छ।

कर्णाली विरुद्ध दबाबपूर्ण प्रदर्शन गरेको जनकपुरका लागि ललित राजवंशी, हर्ष थोकर, जेमी निसम र मोहम्मद मोहसीनले समान १-१ विकेट लिए।

टियू मैदान कीर्तिपुरमा जारी प्रतियोगितामा तेस्रो खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरेको थियो। यसअघि उद्घाटन खेलमा जनकपुर बोल्ट्ले विराटनगरलाई हराएर प्रतियोगितामा सुखद सुरुवात गरिसकेको छ।

जनकपुर बाेल्ट्स

आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

Leave a Reply

Your email address will not be published. Required fields are marked *