काठमाडौं। कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहान ९:३० बजेसम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन् । कांग्रेसका डंगोलले अहिलेसम्म १३१६ मत ल्याएका छन् ।
यहाँ नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले कांग्रेसलाई पछ्याइरहेका छन् । मानन्धरले ९७८ मत ल्याएका छन् ।
नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ५२० र अर्का स्वतन्त्र उम्मेदवार दिनेशकुमार अधिकारीले ४३४ मत ल्याएका छन् । कीर्तिपुर १ को वडाध्यक्ष कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्। वडा नम्बर ४ को मतगणना जारी छ ।
Artha Sanjal
अर्थ सन्जाल