काठमाडौं। आज मंसिर १७ गते सोमबारसम्म कायम शेयरधनीले ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर आवेदन दिन पाउनेछन् ।
कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आज मंसिर १७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । १०० प्रतिशत हकप्रद शेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल