काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १७ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले एघारौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्न्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न मंसिर २४ गते सोमबार काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्दैछ।
सभाले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारण तर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता शेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
अर्थ सन्जाल